
फाइल तस्बिर
काठमाडौँ, २१ असार । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरु गरेको छ ।
मङ्गलवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा यो विधेयकको बारेमा छलफल सुरु भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरूलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
उक्त बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरूपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि उनले जानकारी दिए ।







