
काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन् ।
सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ ।
सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।







