Logo

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी



काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा सांसद रमेशजंग रायमाझी मनोनित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद रायमाझीलाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।

कांग्रेस संसदीय दलको विधान अनुसार रायमाझीलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरिएको संसदीय दलका नेतासमेत रहेका देउवाको सचिवालयले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्