Logo

‘कांग्रेस र एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुन्छ’



काठमाडौँ, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर नागरिकका काम गर्न तयार रहेको बताए । उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ स्थिरताका लागि । नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ । हामी सरकारमा जान अकारण समर्थन गर्दैनौँ । सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्