Logo

कांग्रेस र माओवादीले जसपालाई समाप्त पार्न खोजे: यादव



सप्तरी, ३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा यादवले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २१ सिट मात्रै दिएर कांग्रेस र माओवादीले पार्टीलाई समाप्त पार्न खोजिएपछि गठबन्धनबाट बाहिरिएको बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा १४५ स्थानमा जसपाले उमेदवारी दिएको छ । बाँकी १७ ठाउँमा प्रतिनिधिसभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल भएको छ ।

‘संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ । तर, नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपालाई धोका दिए । जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्