Logo

कांग्रेस र माओवादीले स्थानीय तह निर्वाचनमा ‘सेटिङ’ गरेर लाभ लिए: भट्टराई



काठमाडौँ, ३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ‘सेटिङ’ गरेर लाभ लिएको दाबी गरेका छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै नेता भट्टराईले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए । उनले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताए ।

उनले भने, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, स्थानीय तहका मुद्दाहरू, स्थानीय पार्टीका नेताहरूलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुङ्गो लाग्ने विषय यो होइन । त्यसैले हामीले गर्न खोजेको अभ्यास सफल भएन । खासगरी कांग्रेस र माओवादीले सेटिङ गरे र केही लाभ भयो । गठबन्धन गर्दा गरेका सिद्धान्तको कसैले पनि पालना गरेनन् ।’

प्रतिक्रिया दिनुहोस्