Logo

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुक



काठमाडौं, १७ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपस्थित हल पुस २७ र २८ गतेका लागि बुक गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूको पहलमा हल आरक्षण गरिएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पुष्टि गरेका छन्।

यसअघि महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका थिए।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रावधान छ।

निर्धारित समयमा नियमित महाधिवेशनको संकेत नदेखिएपछि विशेष महाधिवेशन पक्षधर समूह फेरि सक्रिय बनेको हो।

प्रतिक्रिया दिनुहोस्