Logo

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र बिहान १० बजेदेखि सुरु हुँदै



काठमाडौं, २८ पुष । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुँदैछ ।

विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिएको हो । सचिवालयका अनुसार बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिनेछ ।

आइतबार पहिलो दिन २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । कांग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्