Logo

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु



काठमाडौँ, ६ पुस । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घण्टा ढिलो मतदान सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलो गरी सुरु भएको हो ।

अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताए ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्