काठमाडौँ, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
आज भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याए भने महामन्त्री गगन थापाले २५ मत पाएका छन् ।
कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवासँग थापाले पहिलो पटक दलको नेतामा प्रतिस्पर्धामा गरेका हुन् ।







