Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन बैठक बस्दै छ । यसका लागि कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्नेछ ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव मागेको छ ।

पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत कांग्रेसले सोमबार साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेता/कार्यकर्ताहरूसँग सुझाव मागेको हो ।

प्रतिक्रिया दिनुहोस्