Logo

कांग्रेस संसदीय दल समितिको बैठक बस्दै



काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक आजै अपराहन्न चार बजेका लागि बोलाएका हुन् ।

बैठकमा पछिल्लो समय एमालेले अवरोध गर्दै आएको सदन अवरोधको अन्त र समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

पछिल्लो समय एमालेले १०० किलो सुन तस्करी काण्डमा उच्चस्तरीय छानविन समित गठन गर्नुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएको छ । तर, यस विषयमा सरकार र सत्तापक्षा दलहरूले भने सुन प्रकरणको छानविन सिआइवीलाई छानविन गर्न दिइसकेको हुनाले यस विषयमा एमालेले किचलो गर्न नमिल्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्