Logo

कांग्रेस सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता



काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न लिङ्देन उहाँकै निवास बूढानीलकण्ठ पुग्नु भएको हो । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्