सुनसरी, ६ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् ।
शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् ।
यसअघि विराटनगर विमानस्थलमा ओर्लिएका सभापति देउवालाई स्वागत गर्न संघीय सरकारका मन्त्रीदेखि केन्द्रीय नेता विमानस्थल पुगेका थिए । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, केन्द्रीय सदस्य अमृत अर्याल, कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालगायत नेता विमानस्थल पुगेका थिए ।





