Logo

कांग्रेस सरकार ढाल्ने काममा लागेको छ: बर्तौला



काठमाडौँ, ४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन् ।

उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए ।

उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सांसदहरूलाई बुझाउन पनि सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्