Logo

कांग्रेस सांसद माया राई पक्राउ



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् ।

उनलाई अपराध अनुसन्धानको कार्यालयले आफ्नै घरबाट पक्राउ गरेको हो ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा उनी फरार रहेकी थिइन्।

लामो समयदेखि फरार उनीमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्