Logo

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह



कञ्चनपुर, २० पुस । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् ।

दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन् ।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएका छन् । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए ।

निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनी सर्वसम्मत चयन भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्