झापा, १९ मंसिर । स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापाले योगि परिवारलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेको छ ।
अर्जुनधारा ११ का शंकर योगिकी श्रीमति निर्मला योगिको असमायिक निधनले योगि परिवारमा काजकिरिया गर्न आर्थिक अभावले समस्या भएको परिस्थितिमा परिवारबाट सहयोग आह्वान गरीएको थिए ।
स्वच्छ समाजका लागी सामाजिक अभियानका अभियन्ता गणेश ढुगानाले सहयोगी दाताहरु बिर्तामोड ३ निवासी उद्योगपति कृष्ण कुमार गिरी, सामाजिक ब्याक्तित्व डिल्ली सुनिता ओली बिर्तामोड , रिता मल्लिक चारआली, अनुप श्रीवास्तव, सुरेन्द्र चौधरी, मार्मिक देवान, लीला बस्नेत, तालाचन चौधरी बुटाबारी लगायतको सहयोगमा छ बोरा चामल, दाल, खानेतेल, आटा सब्जी नगद ६हजार १ सय १० रुपैया नगद सहयोग प्रदान गनुभएको थियो ।
सहयोग कार्यक्रममा स्थानीय वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, सामाजिक ब्याक्तित्व जगत बहादुर मगर, बिपि कोइराला, जनप्रतिनिधि सुसिला गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचीव अभिचन्द्र बास्कोटाले गर्नुभएको थियो ।
सहयोग प्राप्त भए पछी योगि परिवारले सम्पुर्ण सहयोगीमनहरुमा धन्यवाद व्यक्त गरेको छ ।