काठमाडौं, १० पुस । काजख्स्तानमा अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ । अजरबैजानबाट रुस जाँदै गरेको जहाजमा चालक दलका ५ सहित ६७ यात्रु सवार थिए । काजख्स्तानको अताउ शहर नजिकै जहाज दुर्घटना भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
दुर्घटना भएको जहाजमा आगलागी भएको थियो । दुर्घटनाबाट २५ जनाको भने उद्दार गरिएको बताइएको छ । उनीहरु मध्ये २२ जनालाई अस्पताल लगिएको छ । जहाज दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।