Logo

काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्: कमल थापा



काठमाडौँ, ३१ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने महानगरको अभियान प्रशंसनीय भएको बताएका छन् ।

सामाजिक सञ्जालमा साहसिक कामको लागि मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई स्याबासी दिँदै थापाले राम्रो साहसिक काम भन्दै टुकुचामा पौडी खेलेको स्मरण गरेका हुन् । ‘स्याबास बालेन ! स्याबास सुनिता ! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद’,उनले लेखेका छन् ।

‘‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ’, थापाले लेख्नुभएको छ । ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

प्रतिक्रिया दिनुहोस्