Logo

काठमाडौँका तीन नगरपालिकामा स्मार्ट सिटी बनाउने योजना



काठमाडौँ, ५ भदौ । काठमाडौँको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ । उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो ।

जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत जग्गा जाने भएकाले स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका छन् ।

प्रस्ताव गरेको तीन वर्षसम्म पनि आयोजनाले मूर्त रूप नलिएपछि खाली जग्गा भरिने, जणा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन् ।

यसैबीच, सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८र०७९ मा ७० प्रतिशत बजेट खर्च गरेको जनाएको छ । मन्त्रालयका लागि सुरुमा चालूतर्फ १ अर्ब ९४ करोड र पुंजीगततर्फ २८ अर्व ९० करोड विनियोजन भएको थियो । पछि संशोधित बजेटमा भने ३० अर्ब ८१ करोड विनियोजन भएको थियो । आजको कारोबार दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्