काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
साहको ज्यादती बढेको भन्दै काठमाडौँका बासिन्दा आन्दोलनमा उत्रिएको भोलिपल्ट प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौँमा मेयर साहले गरेका अधिकांश कामको कुनै ठाउँमा विरोध भएको छ भने कुनै काममा अदालतले उनको कामलाई रोक लगाइदिएको छ ।







