Logo

काठमाडौँका मेयर शाहविरुद्ध प्रदर्शन



काठमाडौँ, १३ चैत । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेको छ ।

संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले सोमवार मेयर साहविरुद्ध काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेको भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

उनले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिए ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई नि:सर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्