काठमाडौँ, २१ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका-३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।
गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरी आस्माको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए ।
उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।







