काठमाडौँ, ३० साउन । काठमाडौँबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् ।
आइतबार फोहोर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फोहोरका गाडी रोकेका हुन् ।
आज फोहोर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौँबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् ।






