Logo

काठमाडौँमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लाग्यो: साम्पाङ



फाइल तस्बिर

काठमाडौँ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

काठमाडौँ आएका उनले यहाँ आउने बित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘ काठमाडौँको चिल्ला र फराकिला सडक किनारामा फोहरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’

उनले काठमाडौँको सडक किनारमा थुप्रिएको फोहर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्