Logo

काठमाडौँमा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ६ जना घाइते



काठमाडौँ, १७ भदौ । काठमाडौँको पेप्सीकोला-काँडाघारी सडक खण्डमा बसले तीनवटा गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन ।

प्रतिक्रिया दिनुहोस्