
काठमाडौँ, २६ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन काठमाडौँ आइपुगेका छन् ।
उनी चार दिने नेपाल भ्रमणका लागि बिहीबार अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् ।
नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।







