पोखरा, ५ पुस । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।
आज बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो ।
इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दिएको छ ।
उडान नम्बर यूफोर ६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौँ उड्ने तयारीमा थियो, ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ ।






