Logo

काठमाडौँ उपत्यकाका सडकहरुमा गाडीको चाप घट्यो



काठमाडौँ, १७ असोज । आजदेखि काठमाडौँ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ ।

आइतबारसम्म बिहान बेलुका लामो जाम भएको काठमाडौँ भित्रिने मुख्य नाकामा पनि आज बिहानैदेखि चाप घटेको छ ।

हिजो बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ । अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्