Logo

काठमाडौँ उपत्यकाबाट घर फर्कनेकाे घुइँचाे



काठमाडौँ, ४ कार्तिक । विजयादशमी नजिकिँदै गर्दा काठमाडौँ उपत्यका छाडेर घर जानेको घुइँचो लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा-व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको लर्को बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको भिड लागेको छ ।

उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ ।

यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्