Logo

काठमाडौँ उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ



काठमाडौँ, ७ भदौ । काठमाडौँ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् ।

उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्