काठमाडौँ, १६ जेष्ठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गर्दैछन् ।
सपथ ग्रहण बिहान ११ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।
दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र सपथ ग्रहण हुन लागेको हो । सपथ ग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।
काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डङ्गोल विजयी भएकी छन् ।