काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर-१ नक्सालको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
तीन लाखभन्दा धेरै मतदाता रहेको महानगरमा हिजो भएको मतदानमा एक लाख ८९ हजार मत खसेको थियो ।
काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत उम्मेदवार रहेका छन् ।