Logo

काठमाडौँ महानगरद्वारा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल



काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको एउटा पेट्रोल पम्पमा सिल गरेको छ ।

महानगरको नगर प्रहरीले बिहीवार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको हो ।

मापदण्ड विपरीत पाँच वर्षदेखि घरको सडकपेटीमा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरिएको नगर प्रहरीले जनाएको छ । कोतः धुकु आयल स्टोरका कारण असुरक्षा बढेको महानगरमा उजुरी परेको थियो ।

सडक पेटीमै रहेको पम्पमा पेट्रोल भर्नेहरूको लाइनले सडक पनि जाम हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्