काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि भोलि सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सूचना निकालेर भोलि सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने निर्णय गरेका छन् ।








