Logo

काठमाडौँ महानगरपालिकामा भोलि शोक बिदा



काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले शुक्रवार शोक बिदा दिने भएको छ ।

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।

रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उनको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा.विनोद बिजुक्छेले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्