काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्षको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का बिहिवार उपचारका क्रममा निधन भएपछि महानगरले आज शोक बिदा दिएको हो ।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए । महानगरपालिकाले शिक्षण संस्था भने बिदा नहुने जनाएको छ ।







