Logo

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै



काठमाडौँ, १ जेष्ठ । काठमाडौँ महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले भन्दा बालेनले झन्डै दोब्बर मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५ सय २३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १८ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ३८ मत प्राप्त गरेकी छन भने राप्रपाका मदनदास श्रेष्ठले ३ सय ४७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्