Logo

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै



काठमाडौँ, २ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

सुरुदेखि नै अग्रता बनाएका बालेनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितसँग २५ सयभन्दा बढी मतान्तर बनाएका छन् ।

१४ हजार ६११ मतगणना हुँदा बालेनले पाँच हजार ६६५ मत ल्याएका छन् । स्थापितले तीन हजार ४६ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहको २ हजार ६४० मत रहेको छ ।

त्यसैगरी, उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनले पाँच हजार ८४४ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्