Logo

काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता कायमै



काठमाडौँ, ३ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार महानगरको २५ हजार ५२ मत गनिसक्दा शाहले १० हजार मत कटाएका छन् । उनले १० हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।

एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ५ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्