Logo

काठमाडौँ महानगरपालिकामा बालेन्द्र १९ हजार १६६ मतले अगाडि



काठमाडौँ, १० जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५१ हजार पाँच सय नाघेको छ ।

साहले ५१ हजार पाँच सय ९६ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाएकी छन् । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि छिन् । यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाएका छन् ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्