काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले बताए ।
डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा पनि दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर शाहले जानकारी दिए ।