काठमाडौँ, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ई: को मागप्रति समर्थन जनाउँदै महानगरबाट गरिब होइन गरिबी हटाउनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
ओलीले फुटपाथ हिँड्नका लागि भएको स्वीकार गर्दै त्यहीँ रोजीरोटीका लागि गुजारा गर्न व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को महत्त्वपूर्ण काम भएको बताएका छन् ।
उनले एक जना युवाको माग अर्को युवाले समाधान गर्नका लागि छलफल गर्न पनि सुझाव दिएका छन् ।







