Logo

काठमाडौँ महानगरले काेटेश्वर क्षेत्रमा चलायाे डाेजर



काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

तीनकुने-कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक-पटक माइकिङ गर्दै आएको महानगरले आइतवार डोजर लगेर हटाउन थालेको हो ।

महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्‍याङ तथा सिँढीहरू हटाएको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगरले अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।

यस्तै कोटेश्वरमा रहेको भाटभटेनीको अन्डरग्राउन्ड पनि नक्सापास विपरीत व्यापारिक प्रयोजनमा रहेको पाइएपछि हटाउन थालेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्