Logo

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट



काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ ।

महानगरको ११ औं नगर सभामा उप-प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले प्रस्तुत गरेको बजेटमा परम्परागत हितिहरुको संरक्षण, तथा परम्परागत मठ/मन्दिरहरु र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले वडाहरूलाई दोब्बर बजेट दिने, महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण गरी पुरानै स्वरूपमा जस्ताको तस्तै राख्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्