काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित पाँच जनाको नाम सिफारिस भएको छ ।
काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।
यस्तै, उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौँ महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।