Logo

काठमाडौँ महानगर र बाग्मती क्रिकेट सङ्घबीच सहकार्य



काठमाडौँ, २९ भदौ । क्रिकेटको विकासका लागि काठमाडौँ महानगर र बाग्मती प्रदेश क्रिकेट सङ्घले सहकार्य गर्ने भएका छन् ।

शुक्रवार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बाग्मती क्रिकेट सङ्घको तर्फबाट अध्यक्ष पारस खड्काले सहकार्यका लागि सहमति गरेका हुन् ।

सहकार्यअन्तर्गत काठमाडौँका विद्यालयस्तरका ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्