Logo

काठमाडौँ विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा



काठमाडौँ, ९ चैत । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र नेपाल परेको छ । राजधानी सहरमा भने काठमाडौँ छैठौं स्थानमा परेको छ ।

वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल ९औं प्रदुषित मुलुकमा परेको हो ।

बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ । प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका सहरहरुमध्ये मात्र ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्