Logo

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा



काठमाडौँ, ३ वैशाख । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाडौँ दोस्रो सूचीमा रहेको हो ।

केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाडौँको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।

यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।

डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्